एउटा सानो खोलाको कथा

June 4, 2017 | 2041 views | N/A

NOTICE OVERVIEW

img_20170602_092903

 

यो शहरक बिचै बिच भएर बग्ने एउटा नदि जस्को बारेमा धेरै नयाँ पुस्ता अनबिज्ञ छन्, नाम त सुनेका छन् तर कहाँ छ चाही थाहा छैन । उनीहरु भन्ने गर्छन ए यो पो हो टुकुचा भनेको मैलेत नाली पो भन्ठानेको । किनभने हामिले यसलाई सध्रै छोप्यौ, लुकायौ, मिच्यौ अनि त्यसमा महल बनायौ । महाराजगञ्जको माथिल्लो भागमा उत्पत्ति भै बिशालनगर, भाटभटेनी, नारायणहिटि हुदै कमलादि ,बागबजार, प्रदर्शनी मार्गबाट जंगी अड्डा भएर बागमती नदीमा मिल्ने यो सानो खोलाको पौराणक नाम इक्षुमती र चल्तीको नाम टुकुचा हो ।

शहरको निर्जिबतालाई सफा नदिले शान्ति, शितलता, सून्दरता, संस्कार, जिवन अनि उर्जा दिन्छ भने फोहोर नदिले यसको बिपरित अशान्ति, रोग, कुरुपता, कुसंस्कार आदि आदि । पहिले काठमाडौको जनघनत्व कम हुदा बार्हैमास सँग्लो पानी बहने हो खोल्सा, आज भोलि प्रदुषित भै मानिसहरूले ढलमा परिणत गराइसकेका छन् ।

हालसालै पुल भासिएर चर्चामा आएको टुकुचामा पाइप हालेर पुलको काम त लियौ तर पनि हामिले यसला मान्छे भन्दा अग्लो पखाल लगाएर छोप्यौ, लुकायौ । मेरो औल्याइ नव निवाचित मेयरलाई रहेको छ । टुकुचाको पानिले सिंचाइ गरेर बागबजारमा फलेको धान उहाले पनि खानुभएको छ होला ।
के छ उहाँको टुकुचा संरक्षण र बिकाशका योजना जनता जान्न चाहन्छ । किन भने वाग्मती सफा पार्न टुकुचा र त्यस्तै अरु साना खोला सफा नगरी असंभब छ । सक्दो Share र like गरौं ता कि सम्बन्धित ठाँउ सम्म यो आवाज पुगोस् ।

img_20170602_092851

 

img_20170602_092824

Leave a Reply

Your email address will not be published. Required fields are marked *